Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नक्कली नोटसहित ९ जनालाई पक्राउ


२६, साउन २०८०
  • 126
    SHARES
  • नक्कली नोटसहित ९ जनालाई पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै ५२ लाख ७५ हजार नक्कली नोट सहित ९ जनालाई पक्राउ गरिएको जनाएको हो ।

    बिहीबार नागढुंगा चेकप्वाइन्टमा पर्यटकबसलाई चेकजाँच गर्ने क्रममा नक्कली जस्तो देखिने एक हजार दरका नेपाली मुद्रा (नोट) ३५ गड्डीमा पैंतिस लाख त्रिहत्तर हजार फेला पारिएको र थप अनुसन्धान गर्दा गंगबु र भक्तपुरबाट थप नक्कली नोट सहित संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेमा सिन्धुपाञ्चोक घर भएका अर्जुन सुबेदी, शुशिल कार्की, शिव भण्डारी, मिलन भण्डारी, श्री कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा , गुल्मीका सागर आचार्य र नवलपरासीका पार्वती नेपाली रहेका छन् । उनीहरुबाट पेपर कटर मेसिन , कलर प्रिन्टर थान, प्रिन्ट पेपर रिम लगायतका सामाग्री बरादम गरिएको काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक कार्कीले बताउनुभयो । 

    पक्राउमा परेका व्यक्तिहरु उपर मुद्रा सम्बन्धी कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट दिन–  ५ म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend