Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप एक जना चिकित्सक पक्राउ


२६, साउन २०८०
  • 290
    SHARES
  • नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप एक जना चिकित्सक पक्राउ

    काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठकाडौँबाट पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा डा. पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार थापालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो । 

    नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । प्रमाणपत्र कीर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको सङ्ख्या आठ पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ । यसअघि कांग्रेसका सांसद सुनील शर्मासहित सात जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

    सामाजिक सञ्जालबाट ठगी गर्ने महिला पक्राउ

    सामाजिक सञ्जालबाट ठगी गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीया कमलादेवी श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

    सामाजिक सञ्जाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई युकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्ट पठाएको भनी प्रलोभनमा पारी ग्राहक शुल्क बापतको रकम पठाउनुपर्छ भन्दै रु ९२ हजार पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको सो कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

    पक्राउ गरिएकी श्रेष्ठलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend