सागर महत,अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। समिक्षा कार्यक्रममा सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि पत्थरकोटसम्म चुनढुङगा बोक्ने ट्याक्टर र टिपरमा टाइमकार्ड लागू भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो ।
तीव्र गतिमा गुड्ने हुँदा सवारी असुरक्षा हुने भन्दै दुर्घटना न्युनिकरण गर्न टाइमकार्ड लागू गरिएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९/८०मा जिल्लाभरमा सवारी दुर्घटनामा परि १३ जनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक रिजालले बताउनुभयो । यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार २ सय १२ सवारी कार्वाहीबाट एक वर्षको अवधिमा ३७ लाख २१ हजार राजस्व उठेको बताउनु भयो ।
यता घरेलु हिंसा ठाडो उजुरी ९५ परेकोमा ६९ मिलापत्र भएको छ,भने २२ उजुरी अदालत पठाएको छ । अब काम बाँकी रहेको संख्या ७ पुगेको बताइएको छ । वनमा आगो लगाउने ३ जनालाई पक्राउ गरिएको छ । गाँजाका बोट १३ हजार ३ सय ५५ नष्ट गरिएको रिजालले बताउनुभयो ।