दाङ । प्रहरीले दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङ रहेको प्रहरीले जनाएको छ ।
गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गुरुङलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।