Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रदेश बलियो बनाउन केन्द्रले अधिकार दिनु पर्छ : सभापति पुन


२७, साउन २०८०
  • 290
    SHARES
  • प्रदेश बलियो बनाउन केन्द्रले अधिकार दिनु पर्छ : सभापति पुन

    सागर महत,अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सरकारलाई बलियो बनाउनको लागि सोही बमोजिमको केन्द्रले अधिकार दिएमा मात्र काम गर्न सहज हुने बताउनुभएको छ । प्रेस युनियन अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।  

    सभापति पुनले नक्कली सुन काण्ड, ललिता निवास प्रकरण, नक्कली शरणार्थी जस्ता विषयमा अनुसन्धानमा कसैलाई काखा र कसैलाई पाखा गर्न नमिल्ने बताउनुभयो । उहाँले कांग्रेसको संगठन सुधारको लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने अभियान पनि सुरु गरिएको बताउनु भयो । 

    उहाँले कांग्रेसको संगठन वडा तहसम्म मजबुद बनाएर लैजाने रणनिति पनि रहेको जानकारी दिनुभयो ।  कार्यक्रम प्रेस युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता ,उपाध्यक्ष सरिता भुसालको स्वागत मन्तव्य ,सचिव विष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।

    कार्यक्रम नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु खनाल (मुस्कान),कोषाध्यक्ष प्रकाश राना,जिल्ला पाटी सभापति केशव श्रेष्ठ  लगायतको  सहभागिता रहेको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend