Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस संगठन सुधारको अभियानमा छः नेता भुसाल


२७, साउन २०८०
  • 211
    SHARES
  • कांग्रेस संगठन सुधारको अभियानमा छः नेता भुसाल

    सन्धिखर्क । अर्घाखाँचीमा कांग्रेसको संगठन सुधारको लागि वडा तहसम्म जिम्मेवार भएर लाग्न माग उठेको छ । जबसम्म संगठन सुधारमा एकता हुँदैन तबसम्म संगठन बलियो नहुने कांग्रेस अर्घाखाँची प्रदेश सभा (क) र (ख) को आयोजनामा  सन्धिखर्कमा भएको क्षेत्रीय सम्मेलनमा बोल्ने बक्ताहरुले बताउनुभएको हो ।

    प्रदेश (क) पाणिनि बहुमुखी क्याम्पसमा भएको कार्यक्रमलाई सम्बोधन गदै कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व उपसभामुख पुष्पा भुसालले संगठन सुधारको लागि हरेक तहबाट लाग्न आवश्यक भएको बताउनुभयो । केन्द्रदेखि स्थानीय तहसम्म संगठन रणनितीका साथ यो अभियानमा जुटिएको छ । भुसालले यसलाई सफल पार्नको लागि एकजुट भएर लाग्नु पर्ने अहिलेको आवश्यकता भएको  जिकिर गर्नुभयो । 

    कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले भ्रष्टाचारमा समावेश जो कोहीलाई पनि कारवाही हुनु पर्छ भन्दै सभापति पुनले सुन काण्ड, ललिता निवास प्रकरण जस्ता विषयमा अनुसन्धानमा कसैलाई काखा र कसैलाई पाखा गर्न नमिल्ने बताउनुभयो । कांग्रेसको संगठन सुधारको लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने अभियान पनि सुरु गरिएको उहाँको भनाइ छ ।

    प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल "मुस्कान"ले लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस बलियो बन्न जनमुखी र गाउँमुखी बन्नुपर्ने उहाँको धारणा थियो ।

    जिल्ला पार्टी सभापति केशव श्रेष्ठले नेपाली कांग्रेस अर्घाखाँचीलाई गुट उपगुट त्यागेर पार्टीलाई एकजुट बनाई एकढिक्का भएर लाग्नु पर्ने बताउनुभयो । गाउँका गरिब, दुखी, बेसहारा र विपन्न परिवारको भावना बुझ्न सके मात्र नेपाली कांग्रेस बलियो र शक्तिशाली हुने उहाँको भनाई छ ।

    कांग्रेस सुधारको लागि माथिल्लो तहका नेताहरुमा सुधार भए तल्लो तहको नेतृत्वमा स्वतः सुधार आउने  पालिकाबाट प्रतिनिधित्व गर्नुभएको सहभागीहरुले बताउनुभएको थियो । पाणिनि बहुमुखी क्याम्पसमा भएको कार्यक्रम नेपाली काङग्रेसका प्रदेश (क) सभापति राजेश पन्थिको सभापतित्वमा भएको थियो ।  

  • नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी

    काठमाडौं । नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव नारायणप्रसाद भट्ट राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई

  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend