Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका छ : उपप्रमुख गुरुङ


२७, साउन २०८०
  • 348
    SHARES
  • अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका छ : उपप्रमुख गुरुङ

    रुपन्देही। देवदह नगरपालिकाकी नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले अधिकार प्राप्तिका निमित्त बिभिन्न समयमा भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसका अवसरमा फोनिज रुपन्देहीद्वारा आयोजित अन्तर संवाद कार्यक्रममा उपप्रमुख गुरुङले सो कुरा बताउनुभएको हो। 

    'राष्ट्रिय जनागणना २०७८ नतिजा र आदिवासी जनजातिका सवाल' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले हक अधिकार प्राप्तिका लागी आवाज उठाउदैं धर्म संस्कृति रितिरिवाजको रक्षाका लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो। 

    उपप्रमुख गुरुङले नेपालको सन्दर्भमा श्रमजीवी पत्रकारहरुको अवस्था जटिल र चुनौतीपूर्ण रहेको बताउदैं बाधा अड्चनको सामना गर्दै सत्य तथ्य बुझेर पत्रकारिता गर्न सुझाव सहित शुभकामना दिनुभयो। 

    कार्यक्रममा फोनिज रुपन्देहीका अध्यक्ष सानु थापाले पत्रकारिता पेशासँग जोडिएका सम्पूर्ण संचारकर्मीहरुको हकहितको पक्षमा फोनिज सधै लागि रहेको बताउनुभयो। 

    भाषा, धर्म संस्कृति र रितिरिवाजको संरक्षण गर्दै सुशासन र समाज रुपान्तरणका लागि पत्रकारले कलम चलाउनु पर्ने अध्यक्ष थापाको भनाई थियो। 

    कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ समन्वय देवदहका अध्यक्ष मिना कुमारी श्रेष्ठ, फोनिज लुम्बिनी प्रदेश इन्चार्ज मिलन गाहा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, फोनिज रुपन्देहीका पूर्व सचिव यम राना, नेपाल मगर संघ देवदहका अध्यक्ष शोभा कुमारी थापा, देवदह - ९ का वडा सदस्य कृष्ण माया राना लगायतले मन्तब्य व्यक्त राख्दै भाषा, संस्कृतिको संरक्षण संगै कार्ड बोक्ने पत्रकार नभएर काम गर्ने पत्रकार बन्न सुझाव सहित शुभकामना दिनुभयो। 

    कार्यक्रम संस्थाका अध्यक्ष सानु थापाको अध्यक्षता देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता, उपाध्यक्ष प्रेम थापाको स्वागत र सचिव राज चौधरीको संचालनमा सम्पन्न भएको थियो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend