Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आरोहण खेल सङ्घमा धरेल निर्वाचित


२८, साउन २०८०
  • 117
    SHARES
  • आरोहण खेल सङ्घमा धरेल निर्वाचित

    काठमाडौं । नेपाल आरोहण खेल सङ्घको छैटौँ अधिवेशनले अध्यक्ष हरि धरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । एसोसिएसनको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुनारबहादुर गुरुङ, मनोनीत उपाध्यक्ष ल्हाक्पा शेर्पा, महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल, सचिव सञ्जीव गुरुङ, कोषाध्यक्ष कान्छी डोल्मा ह्योल्मो, सहकोषाध्यक्ष प्रणीलमान श्रेष्ठलाई निर्वाचित गरेको हो ।

    त्यस्तै सदस्यहरुमा अशोक लामा, सदस्य रामकाजी तिवारी, सदस्य डोलेन्द्रराज दाहाल, सदस्य मनराज शिंखडा, सदस्य राजेश धरेल, सदस्य मञ्जु गिरी, सदस्य शिवबहादुर सापकोटा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोविन्द भट्टराई र उपसल्लाहकार पि.एन अधिकारी मनोनीत गरेको छ । नवनिर्वाचित कार्यसमितिका सदस्यहहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य–सचिव जीवनराम श्रेष्ठले खादा तथा अबिर लगाएर शुभकामना दिनुभएको थियो ।

    अधिवेशन उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले खेलाडी राष्ट्रका गौरव र गहना भएकाले उनीहरुलाई पालिकाबाट प्रोत्साहन गरिने बताउनुुभयो । उहाँले टोखा नगर क्षेत्रमा आरोहण पर्यटनको प्रवद्र्धनका लागि आवश्यक जग्गा उपलब्ध गराई अन्तर्राष्ट्रिय स्तरमा खेल पर्यटनको गन्तव्यस्थल बनाउन पहल गर्न लागिएको जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालमा खेल पर्यटनको प्रशस्त सम्भावावना रहेकाले यसको विकास र विस्तारमा राज्यले जोड दिनुपर्ने बताउनुभयो ।

    माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालका गोविन्द भट्टराईले खेल पर्यटनले प्रकृति र संस्कृतिलाई पनि जोड्ने हुँदा दिगो पर्यटन विकासका लागि राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । राखेपका बोर्ड सदस्य प्रकाशकुमार कुसारीले विद्यालय र विश्वविद्यालयस्तरबाटै खेलाडी उत्पादनमा जोड दिन लागिएको र बैंक तथा वित्तीय संस्था एवं सङ्गठिन संस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्वअन्तर्गत खेल क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गरिएको बताउनुभयो ।

    सङ्घका अध्यक्ष धरेलले आरोहण खेललगायत विभिन्न साहसिक खेलको माध्यमबाट नेपालले ठूलो सङ्ख्यामा विदेशी पर्यटन भित्र्याउन सक्ने सम्भावना रहेकाले खेल पर्यटनलाई राज्यले ध्यान दिनुपर्ने बताउँदै आगामी दिनमा सङ्घले यसतर्फ रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । सन् २०१२ मा स्थापित नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनअन्तर्गत सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशमा समिति विस्तार भएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend