Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भारतलाई हराउँदै वेष्टइन्डिजले जित्यो टी(२०) श्रृंखला


२९, साउन २०८०
  • 160
    SHARES
  • भारतलाई हराउँदै वेष्टइन्डिजले जित्यो टी(२०) श्रृंखला

    काठमाडौं । वेष्ट इन्डिजले घरेलु मैदानमा भएको भारतविरुद्धको पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ। शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला जितेको हो।  ​

    वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो। यसअघि भएको एकदिवसीय शृंखला र टेष्ट भने भारतले जितेको थियो। यसअघि वेष्ट इन्डिजले सुरुआती दुबै ट्वान्टी २० खेल जितेर २–० को अग्रता बनाएको थियो। तर, भारतले पुनरागमन गर्दै शृंखला २–२ को बराबर गर्न सफल भएको थियो।

    पहिलो खेल चार रन र दोस्रो खेलमा वेष्ट इन्डिज २ विकेटले विजयी भएको थियो। त्यसपछिका दुई खेलमा भारत क्रमशः सात र ९ विकेटले विजयी भएको थियो।

    अन्तिम खेलमा भारतले दिएको एक सय ६६ रनको लक्ष्य वेष्ट इन्डिजले १८ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो। घरेलु टोलीका ओपनर ब्रान्डन किङले ५५ बलमा ८५ रनको अविजित इनिङ खेले।

    वेष्ट इन्डिजको जितमा पूरन र ब्रान्डनले ७२ बलमा एक सय २ रनको बलियो साझेदारी गरे। निकोलस पूरनले ३५ बलमा ४७ रन तथा साई होप १३ बलमा २२ रन बनाएर अविजित रहेका थिए । वेष्ट इन्डिजको जितमा पूरन र ब्रान्डनले ७२ बलमा एक सय २ रनको बलियो साझेदारी गरे। 

    यसैगरी होप र ब्रान्डनले ५२ रनको अविजित साझेदारी गरेपछि वेष्ट इन्डिजले सहज जित पाएको हो। भारतका अर्शदीप सिंह र तिलक बर्माले मात्रै समान एक विकेट लिए।

    यसअघि टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६५ रन बनाएको थियो। सुर्यकुमार यादवले ६१ रन बनाएपनि अन्य खेलाडीले बलियो साझेदारी बनाउन सकेनन्। ओपनर यशस्वी जैशवाल र शुबमन गिलले दोहोरो अंक बनाउँनै सकेनन्। तिलकले २७, सन्जु सामसनले १३, कप्तान हार्दिक पांड्याले १४ र अक्षर पटेलले १३ रन बनाए। वेष्ट इन्डिजका रोमारियो सेफर्डले सर्वाधिक चार विकेट लिएका छन्। जेसन होल्डर र एकेअल हुसैनले समान दुई विकेट लिए। 

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend