Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा


२९, साउन २०८०
  • 232
    SHARES
  • एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । 

    आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले आज नेपाली टोलीको घोषणा गरेको हो ।

    छनोट हुने नेपाली टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी र प्रतिश जिसी रहेका छन् । 

    त्यसैगरी किशोर महत्तो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छानिएका छन् । पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ । 

    नेपाल र पाकिस्तानबीचको पहिलो खेल आगामी भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारत बीचको खेल भने श्रीलङ्कामा हुनेछ । उक्त खेल भदौ १८ गते हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend