Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

फिफा महिला विश्वकपको पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेन भिड्दै


३०, साउन २०८०
  • 163
    SHARES
  • फिफा महिला विश्वकपको पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेन भिड्दै

    काठमाडौं । महिला विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज हुँदै छ।

    अष्ट्रेलियाको इडेन पार्कमा गत संस्करणमा तेस्रो भएको स्वीडेन र पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनबीच नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे खेल हुनेछ। फिफा बरियतामा स्वीडेन तेस्रो स्थानमा छ भने स्पेन छैटौँ।

    क्वार्टरफाइनलमा पूर्व विजेता जापानलाई २–१ गोलले हराउँदै स्वीडेन अन्तिम ४ मा पुगेको हो। एसियाली पावर हाउस जापानलाई रोकेर सेमिफाइनल पुगेको  स्विडेन महिला टिमलाई प्रायः भन्ने गरिन्छ, देशको ‘स्वर्णिम’ पुस्ताका खेलाडी छन्। तर यही टिमले पनि अहिलेसम्म ठूलो उपाधि भने जित्न सकेको छैन।

    सेमिफाइनल पुग्ने क्रममा स्विडेनले दुई ठूला खेल भने जितेको छ। त्यसमध्ये पहिलो जित त डिफेन्डिङ च्याम्पियन अमेरिकाविरुद्ध रहेको छ । अर्को जित पूर्वविजेता जापानविरुद्ध। यी दुवै खेलमा जित निकाल्न सक्नु पनि स्विडेनी टिमका लागि ठूलो उपलब्धि रहेको छ।  अन्तिम १६ मै  अमेरिकालाई रोकेको स्वीडेनले एसियाली पावरहाउस जापानलाई अन्तिम आठमा रोकेको हो।

    स्वीडेन यो विश्वकपमा अपराजित छ। समूह चरणमा इटालीमाथि ५–० को जित निकालेको स्वीडेनले अर्जेन्टिनालाई २–० हराएको थियो। त्यस्तै दक्षिण कोरियामाथि २–१ को जित दर्ता गरेको थियो।

    स्वीडन दुई वर्षअगाडि टोकियोमा भएको ओलम्पिक्समा स्विडेन स्वर्ण पदकको नजिक भने पुगेको थियो । तर फाइनलमा क्यानडासँग पराजित भयो।  स्विडेन सन् २००३ को महिला विश्वकपको उपविजेता पनि हो।  तीनपल्ट यो टिम महिला विश्वकपको तेस्रो स्थानमा पनि रहेको छ ।

    स्वीडेनको प्रतिद्वन्द्वी स्पेनले अन्तिम चारमा स्थान बनाउन अतिरिक्त समयमा साबिक उपविजेता नेदरल्यान्ड्सलाई २–१ हराएको थियो। स्पेनका लागि क्वाटरफाइनल पुग्नु नै ठूलो थियो। छैठौं वरीयताको टिम भए पनि स्पेन यसअघि कहिले पनि क्वाटरफाइनल पुगेको थिएन । यसअघिका दुई संस्करणमा स्पेन त्यस अगाडि नै रोकिएको थियो। विश्वकपको नवौं संस्करणसम्म पुग्यो स्पेनको यो तेस्रो  विश्वकप हो।

    लिग चरणका दुई खेलपछि स्पेनले आफ्नो छवि नै बिगारेको थियो, जापानविरुद्धको खेल ४–० ले गुमाएर। त्यसपछि त स्पेनी प्रशिक्षक जोर्गे भाल्डाले टिममा व्यापक परिवर्तन गरे। त्यसैले यो टीमले स्विट्जरल्यान्डलाई ५–१ ले हरायो । समूह चरणमा  कोस्टारिकालाई ३–० ले पराजित गरेको थियो भने जाम्बियालाई ५–१ ले पराजित  गरेको थियो।

    दोस्रो सेमिफाइनलमा बुधबार आयोजक अस्ट्रेलिया र इंग्ल्याण्डबीच हुनेछ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend