Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

स्पेन पुग्यो विश्वकप फाइनलमा, आज अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुदै 


३१, साउन २०८०
  • 375
    SHARES
  • स्पेन पुग्यो  विश्वकप फाइनलमा, आज अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुदै 

    काठमाडौं । फिफा महिला विश्वकप फुटबलको फाइनलमा स्पेन प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोल अन्तररले हराउँदै विश्वकपको फाइनलमा स्थान बनायो ।

    यो सँगै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट अन्तिम नौ मिनेटमा तीन गोल बनाउन सम्भव भएको थियो । स्पेनको जितमा सल्मा पारालुयलो र ओल्गा कार्मोनाले गोल गर्दा नतिजा स्पेनको पक्षमा भयो । 

    स्विडेनका लागि रेबिकाब्लोमक्विस्टले सान्त्वना गोल गर्दा ८१ औँ मिनेटमा पारालुयलोले गोल फर्काउँदै स्पेनलाई अग्रता दिलाइन् । तर, खेलको ८८औँ मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेललाई बराबरीमा पुर्याउँदा ९० औँ मिनेटमा कार्मोनाले गरेको गोलले नै स्पेनको फाइनल प्रवेशको यात्रा पक्का गर्‍यो । 

    यसैबीच सेमिफाइनलको अर्को खेलमा आज आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । अब फाइनलमा स्पेनले आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेता टोलीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend