Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महिला विश्वकपको फाइनलमा इङ्ल्यान्ड र स्पेन भिडदैँ


३२, साउन २०८०
  • 209
    SHARES
  • महिला विश्वकपको फाइनलमा इङ्ल्यान्ड र स्पेन भिडदैँ

    काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तरगत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

    जितसँगै इङ्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्ने छ । यसअघि स्पेनले स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुबै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । बुधबार सिड्नीस्थित एलिएन्ज रंगशालामा इङ्ल्यान्डलाई जित दिलाउन इला टुन, लोरेन हेम्प र एलिसा रुसोले समान एक–एक गोल गरे । 

    अस्ट्रेलियाका लागि साम केरले एक गोल फर्काए पनि टिमको हार टार्न सकिनन् । खेलको ३६ औँ मिनेटमा टुनको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । तर, ६३ औँ मिनेटमा केरले अस्ट्रेलियालाई बराबरीमा ल्याइन् । ७१ औँ मिनेटमा हेम्पले गोल गर्दा इङ्ल्यान्ड २–१ ले अघि बढ्यो भने खेल सकिन चार मिनेट बाँकी छँदा रुसोले गोल थप्दा इङ्ल्यान्डले ३–१ ले फाइनलसम्मको यात्रा निश्चित गरेको हो । 

    क्वार्टरफाइनलमा इङ्ल्यान्डले कोलम्बियालाई २–१ र अस्ट्रेलियाले सडन डेथमा फ्रान्सलाई ७–६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । जारी विश्वकपमा १९ अगस्टमा तेस्रो स्थानका लागि स्वीडेन र अस्ट्रेलियाबीच प्रतिष्पर्धा हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु भएको महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्‍याइएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend