Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नौबहिनी गाउँपालिका प्युठानको आफ्नै लोगो सार्वजनिक


३२, साउन २०८०
  • 600
    SHARES
  • नौबहिनी गाउँपालिका प्युठानको आफ्नै लोगो  सार्वजनिक

    प्यूठान । नौबहिनी गाउँपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ। पालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाको लोगो सार्वजनिक गरेको हो।

    गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र,धार्मिक क्षेत्र ,कृषि तथा सोहि क्षेत्रका नदिनाला समेटिएको लोगो सार्वजनिक गरिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव पौडेलले जानकारी दिनुभयो । 

    366224615_144844951995122_5725776560231688400_n.jpg

    गाउँकार्यपालिकाको निर्णयअनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो भने लोगो सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष डिलबहादुर थापाले पालिकाको पहिचान दिलाउने गरी पहिलो पटक आफ्नै लोगो निर्माण गरिएको बताउनुभयो । उहाँले अब गाउँपालिकाले आफ्नो चलन चल्तीमा लोगो प्रयोग गर्ने जानकारी दिनुभयो । 

    गाउँपालिकाले प्युठान जिल्लाकै सबैभन्दा अग्लो स्थान ३ हजार ६५९ मिटर उचाईको कोठिभिर,नौबहिनी मन्दिर,यो क्षेत्रमा पाइने डाँफे,लुङ्खोला,खलेसबाङ्मामा उत्पादन हुने आलु लगायत नौबहिनी पहिचान दिलाउने गरि लोगो सार्वजनिक गरेको अध्यक्ष थापाले बताउनुभयो । 

    त्यस्तै नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा समेत गरेको छ।आर्थिक वर्ष २०७९/०८० मा भएका कार्यक्रमहरुको प्रगतिको बारेमा समिक्षा गरिएको हो। यस वर्ष चालू  तर्फ ८८।६७ प्रतिशत र पुजिगत तर्फ ९०.४५ प्रतिशत गरि समग्रमा ८९.५६ प्रतिशत कार्य प्रगति गरिएको नौबहिनी गाउँपालिकाले जनाएको छ। 

    प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षता गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यता र उपाध्यक्ष बिष्णा थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरु,सदस्यहरु,नेपाल पत्रकार महासंघ प्युठानका  अध्यक्ष सन्जय रिजाल,पुर्व अध्यक्ष सुशील पोख्रेल र गिरु भण्डारी,पत्रकार राजेश जिसि र महेश थापा सहित पालिकामा कार्यरत शाखा प्रमुख तथा राष्ट्रसेवक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend