Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पुष्पा टण्डन मृत्यु प्रकरणः तिलोत्तमा नगरपालिकाको विज्ञप्ती, निष्पक्ष छानविन माग


३२, साउन २०८०
  • 159
    SHARES
  • पुष्पा  टण्डन मृत्यु प्रकरणः तिलोत्तमा नगरपालिकाको विज्ञप्ती, निष्पक्ष छानविन माग

    बुटवल । रुपन्देहीको तिलोत्तमा–४ ड्राइभरटोल निवासी पुष्पा टण्डनको मृत्यु घटना शंकास्पद देखिएको भन्दै तिलोत्तमा नगरपालिकाले विहिवार एक विज्ञप्ती जारी गर्दै निस्पक्ष छानविनको माग गरेको छ । नगरप्रमुख रामकृष्ण खाँणको  हस्ताक्षरमा जारी  विज्ञप्तीमा घटना शंकास्पद देखिएको हुँदा पीडित पक्षबाट बिरोध प्रदर्शन समेत भैरहेकाले निष्पक्ष छानविन गरी घटनाको वास्तविक सत्य तथ्य सार्वजनिक गर्न प्रहरी प्रशासन सँग माग गरिएको छ।

    ३६ वर्षीया टण्डनको साउन २७ गते रुपन्देहीको कञ्चन गाउँपालिकाको फायरलाइन जंगलमा रुपखमा झुडिएको अवस्थामा फेला परेकी थिइन् । सो घटना बारे निष्पक्ष छानविनको माग गर्दै तिलोत्तमा नगरपालिकाले जारी गरेको विज्ञप्तीमा लेखिएको छ– ‘रुखमा झुण्डिएको अवस्थामा भेटिएको र शवको प्रकृति हेर्दा समेत शंकास्पद देखिएको हुँदा सोको विषयलाई लिएर पीडित पक्षबाट विरोध प्रदर्शन समेत भइरहेको अवस्थामा घटनाको निष्पक्ष छानविन गरी घटनाको वास्तविक सत्य तथ्य सार्वजनिक गर्न प्रहरी प्रशासन समक्ष माग गर्दछौं ।

    सो घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि तिलोत्तमा नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको पत्रमा उल्लेख गरिएको छ ।

    368325176_3526002051003305_4915658801719615816_n.jpg

     

     

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend