Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’


३२, साउन २०८०
  • 291
    SHARES
  • बाँदरपीडित किसान भन्छन् ‘न समय बच्यो न मकै’

    बागलुङ । बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याउनुभएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी बाँदरले मकैबाली नष्ट भएपछि फारमसहित जीवन घर्तीलगायत बाँयचौर गाउँका सबै किसानको मकैबाली नष्ट भएको छ । 

    बाँदरले मकैबारीमा क्षति पुर्‍याएपछि यहाँका किसान चिन्तामा परेका छन् । “दुई वर्षअघि पाँचमुरी मकै भित्र्याएको थिए, गत वर्ष बाँदरले आंशिक क्षति गरेको थियो, अहिले त एउटा बोटमा समेत मकै बाँकी छैन, मकै हेर्न दिनभरि बारीमा बिताइन्छ, खाना खान घर आएपछि बाँदरले १० मिनेटमै मकै सखाप पार्छ, न समय रह्यो न मकै”, फारमले भन्नुभयो, “पहिला त्यस्तो बाँदर लागेको जानकारी थिएन, गत वर्षदेखि बाँदरको बिगबिगी छ, स्थानीय सरकारले हामीजस्ता किसानलाई हेर्नुपर्‍यो सम्पन्न व्यक्ति बसाइँसराइ गरेर जाने हामीजस्ता किसानलाई बाँदरले निकै समस्या पार्‍यो ।”

    बाँदर हेर्न दिनभरि बारीमा बसे पनि मकै जोगाउन नसक्दा किसानको समय र मकै दुवै खेर गएको छ । अहिले बडिगाडको सिसाखानीमा बाँझो जग्गा बढ्दै गएपछि वनका बाँदर गाउँतर्फ आउन थालेका हुन् । सिसाखानीको बाँयचौर, भलामपाटा, सिरबारे, मौरीभिर र गहरा भन्ने स्थानमा बाँझो जग्गा बढ्दै गएको छ ।

    बाँयचौरमा बसाइँसराइ कम भए पनि अन्य स्थानका घर खाली र जग्गा बाँझो हुँदा त्यसको प्रभाव बाँयचौरलगायतका क्षेत्रलाई पर्न गएको हो । बाँदरको दीर्घकालीन समस्या नभएर अस्थायी समस्या समाधानका लागि र किसानलाई राहत दिनसमेत स्थानीय पालिकामा वडामार्फत जानकारी गराए पनि वडा कार्यालयले चासो नदिएको बाँदरपीडित किसानको गुनासो छ । 

    “अहिले मकैका घोगा छैनन्, डाँठ मात्रै छन् भाँचेर गाईभैँसीलाई खुवाउनसमेत नमिल्ने गरी बाँदरले सखाप बनाएको छ, सालफेद भन्ने स्थानको जग्गा बाँझो बनेपछि जङ्गलका बाँदर यहाँ आउन सहज भयो”, अर्का पीडित किसान जीवनले भन्नुभयो, “बाँदर हेर्न त गइन्छ, कतिबेला झुक्याएर आउँछ, यहाँ स्थानीय जातको लङ्गुर बाँदरको बथानै छ, पहिला एकदुई पटक बाँदर आएको देखिन्थ्यो, अहिले त दिनभर मकै बारीमै बाँदरको बाँस हुन्छ, धपाउन गएर साध्य नै नभएपछि त्यसै छाडियो ।”

    सिसाखानीका स्थानीय दानबहादुर श्रीसका अनुसार पछिल्लो समय सिसाखानीका विभिन्न गाउँमा बाँदरको समस्या बढ्दै गएको छ । पहिला घरेलु हातहतियार पड्काएर बाँदर धपाउने चलन भए पनि अहिले उक्त चलनसमेत नभएकाले बाँदरको सङ्ख्यामा वृद्धि भएको छ । बाँयचौरलगायत सिसाखानीका एक दर्जन गाउँमा अहिले बाँदरले सताइरहेको जनाउँदै श्रीसले बाँयचौर गाउँमा भने भित्र्याउनै नपर्ने गरी मकैबाली सखाप बनाएको बताउनुभयो । 

    सत्तरीभन्दा बढी बाँदरको समूहले १० मिनेटमा दुई रोपनी मकैबारी सखाप पार्ने गरेको स्थानीय किसानको भनाइ छ । सिसाखानीमा पछिल्लो समय बाँदरको समस्या बढ्दै गएको बडिगाड–३ का वडाध्यक्ष खड्कबहादुर पुनले जानकारी दिनुभयो । पुनले बाँदरका कारण किसान अहिले पीडित बनेको जनाउँदै पालिकामा राहतका लागि जानकारी गराउने बताउनुभयो । पालिकाको कृषि शाखामार्फत किसानको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने र राहतका लागि पहल गर्ने वडाध्यक्ष पुनको भनाइ छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend