काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशको बिकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको बिकासका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले जनताको सेवामा निजामती कर्मचारीले विना अवरोधका साथ काम गर्न पाउनुपर्ने धारणा राख्नुभयो । लोकतन्त्रीक संविधान अनुसार दलहरु लोकतन्त्रीक हुदै गएको भन्दै उहाँले अहिलेको व्यवस्थालाई बलियो बनाउन सवै चनाखो हुनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले संघीय निजामती सेवा बनाउदा ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको समेत बताउनुभयो ।