Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

१८४ औं फोटोग्राफी दिवस: हनुमान ढोकामा बालबालिका सम्बन्धी फोटोको प्रदर्शनी


२, भदौ २०८०
  • 155
    SHARES
  • १८४ औं फोटोग्राफी दिवस: हनुमान ढोकामा बालबालिका सम्बन्धी फोटोको प्रदर्शनी

    काठमाडौं। काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ । १८४ औं फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह,नेपालले सिविन–नेपालसंगको सहकार्यमा फोटो प्रदर्शनी आयोजना गरेको हो।

    प्रदर्शनीमा २५ जना फोटो पत्रकारका बालअधिकारको संरक्षण र प्रवद्र्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिकासम्बन्धी ६० वटा तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, १८४ औं विश्व फोटोग्राफी दिवसमा बालबालिका राष्ट्रको गौरव हुन् भन्ने नारालाई स्थापित गर्दै तस्वीरमा फोटो प्रदर्शनी गरेका हौ । विभिन्न फोटोग्राफरहरुले खिचेका ६० वटा फोटोहरु रहेका छन् । यहाँ हिमाल, पहाड, तराईका बालबालिकाहरुको सबै फोटो समेटेर राखेका छौ यसभन्दा अगाडि पर्यटन सम्बन्धी यस्तो कार्यक्रमहरु गर्दै आएका थियौ ।

    उक्त फोटो बालअधिकार अभियन्ता तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले आजको फोटो प्रदर्शनी बालबालिकामा केन्द्रित रहेको भन्दै फोटोहरु देशको वर्तमान अवस्थाको प्रतिविम्ब पनि भएको बताउनुभयो ।  

    उहाँले भन्नुभयो, एउटा जीवितफोटोले धेरै कुराहरु बोल्छ जुन कुराहरु किताबमा लामो लामो व्याख्या हुन्छ त्यसलाई फोटोले देखाउँने गर्दछ । बालबालिकामा केन्द्रित रहेको छ आजको यो प्रदर्शनी, आजको यो फोटोहरु देशको एउटा प्रतिविम्ब पनि हो । कार्यक्रममा बालबालिकाको संरक्षणका लागि खडा गरिएको संयन्त्र बाल हेल्पलाइन नेपाल १०९८ बारे जानकारी फैलाउने उद्देश्यले बाल हेल्पलाइन मोबाइल बुथ पनि प्रदर्शनमा राखिएको थियो ।

     

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend