काठमाडौ । नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ यही भदौ १५ गतेदेखि प्रसारणमा आउने भएको छ ।
सेफ नेपालले शुक्रबार एक कार्यक्रमका बीच उक्त शोको प्रोमो सार्वंजनिक गर्दै रियालिटी शो भाद्र १५ देखि प्रसारण हुने जानकारी दिएको हो । कात्तिक तेस्रो सातादेखि छायांकन सुरु भएको उक्त शोमा ८० जनाप्रतिस्पर्धीले भागलिएका थिए ।
नेपालमा कला सम्बन्धी पहिलो टेलिभिजन रियालिटी शो गर्न लागिएको हो जुन कान्तिपुर टिभिबाट भाद्र १५ देखी १८ गतेसम्म बेलुकी ९ः०० बजे प्रसारण हुनेछ ।विजेतालाई २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ ।
नायिका प्रियंका कार्की कार्यकारी निर्माता रहेको सेफ नेपालमा मास्टर जज सन्तोष साह, सेफद्वय गणेशबहादुर ढकाल र लक्ष्मणप्रसाद भण्डारी निर्णायकको भूमिकामा छन् । जज सन्तोष साहले नेपालमा सेफलाई पहिले देखी नै निकै नै होच्याउने भएकाले उक्त शोले सेफको पेशाप्रति ईज्जत बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,नेपालमा सेफलाई पहिले देखीनै निकैनै होच्याउने र तल देखाउँने पेशा भनेर बुझिन्छ । सेफ नेपालको यो शोबाट यसमा सहभागी भई विजय हुने र टप १० मा पर्नेबाट यो पेशाको सम्मान बढ्ने छ भन्ने आशा छ ।’
साथै,उहाँले नेपाल खाना मानिकै धनि भएको बताउँदै शो मार्फत नेपाली फूडलाई धेरै माथि सम्म लान सकिने बताउनुभयो । उहाँले भन्नुभयो,‘यो शो मार्फत नेपाली फूडलाई धेरै माथि सम्म लान सकिन्छ भन्ने ठूलो आशा छ । यो शोमा देशका बिभिन्न फरक ठाउँबाट फरक फरक किसिमको खाना खुवाउँनु भएको छ त्यो देखेर सँच्चीकै हाम्रो नेपाल खाना मानिकै धनि छ भन्ने अनुभव भयो ।’