Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै


३, भदौ २०८०
  • 223
    SHARES
  • ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै

    काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबले शनिबार पत्रकार सम्मेलन गरी आउँदो असोज १९ गतेदेखि १६ दिन उक्त मेलाको आयोजना गर्न लागिएको जनाएको छ ।
     
    सम्मेलनमा जिल्लाको सुन्दर नगरी बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन, खेलकुद विकास गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिइयो । क्लबका अध्यक्ष महेश कर्माचार्यले मेला ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण भएको उल्लेख गर्दै मेलामा कृषि, घरेलु सामग्रीलगायतका एक सय प्रदर्शनी कक्ष रहने बताउनुभयो ।
     
    यस्तै मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई सांस्कृतिका कार्यक्रमसमेत गरिने जनाइएको छ । मेलामा महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

    यसैगरी मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ । मेला सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिएको आयोजकले जनाएका छन् ।
     
    यसअघि गत वर्ष माघमा बनेपाको ऐतिहासिकतालाई महत्व दिने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । यहाँका दरबार चोक र मन्दिरका आ–आफ्नै महत्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

    प्राचीन सहर बनेपामा घाम र हावाको सन्तुलन मिलाउन ठाउँ–ठाउँमा (चोक), पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली छन् । बनेपा नौ ढुङ्गेधारा, नौ चोक, नौ डबली र ९९  इनार भएको सहर हो । 

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend