Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बक्सर घिमिरेलाई उपाधि


३, भदौ २०८०
  • 244
    SHARES
  • बक्सर घिमिरेलाई उपाधि

    काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् । 

    ‘हिमालय चितुवा’का रुपमा विश्व प्रसिद्ध घिमिरेले दक्षिण कोरियाली खेलाडी याङलाई किक बक्सिङ प्रतियोगितामा नकआउट गरेका थिए । सो प्रतियोगितामा भिड्ने घिमिरे पहिलो नेपाली बक्सर हुन । प्रतियोगिताको पुरुष प्रतियोगितामा घिमिरेले एक मिनेट ५५ सेकेण्डमै प्रतिद्वन्द्वी याङलाई रिङमा ढालेका थिए । जापानमा रहेर किक बक्सिङको व्यवसायिक खेल खेल्दै आएका बक्सर घिमिरेले बक्सिङ हिट प्रतियोगिताका १३ खेल जितिसकेका छन् । उनले तीनपटक टाइटल म्याचको उपाधि जित्न सफल भएका छन् ।

    घिमिरेले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल भएका छन् । 

    घिमिरे जापानको नागोयामा  सहरमा आफ्ना पिता पूर्व अन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२  गुर्जुधारा बलम्बूवासी घिमिरेको परिवार केही वर्षदेखि जापानको नागोयामा बस्दै आएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend