बुटवल । न्यू लुम्बिनी ब्याडमिन्टन क्लव बुटवलको गत श्रावण १९ गते सम्पन्न छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट नव निर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । क्लवको आफ्नै नवनिर्मित कभर्ड हलमा आयोजित एक समारोहकाबीच पदस्थापन समारोह सम्पन्न गरिएको हो ।
क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षता र संस्थापक अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीको प्रमुख अतिथ्यतामा सम्पन्न एक समारोहकाबीच प्रमुख निर्वाचन आयुक्त लोक प्रसाद खरेलले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र वितरणसँगै सपथ ग्रहण गराउनु भएको हो । क्लवको अध्यक्ष पदमा बोनिन पिया पुन र अन्य पदाधिकारी एवं सदस्यहरु निर्विरोध निर्वाचित हुनु भएको थियो ।
पदस्थापन समारोहका प्रमुख अतिथि, संस्थापक अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले क्लव स्थापनाको पृष्ठभूमीबारे प्रकाश पार्नु हुँदै नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना ज्ञापन गर्नु भएको थियो । समारोहमा सल्लाहकार नरबहादुर के.सी तथा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले शुभकामना दिनु भएको थियो ।
सो अवसरमा बोल्नुहुँदै नवनिर्वाचित अध्यक्ष बोनिन पियाले क्लवका गतिविधिलाई थप रचनात्मक र व्यवस्थित बनाउँदै खेलकूदको माध्यमबाट स्वस्थ्य समाज र राष्ट्र निर्माणमा सबैजना सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै क्लवका भावी योजनाहरु सम्बन्धमा समेत जानकारी गराउनुभएको थियो ।
क्लवका महासचिव जिवकान्त काफ्लेको संचालनमा सम्पन्न समारोहमा वरिष्ठ उपाध्यक्ष दिपक सिं अधिकारीले स्वागत र उपाध्यक्ष नरेश कुमार श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । क्लवको आजै बसेको प्रथम बैठकले ४ जना सदस्यहरुलाई कार्यसमितिमा मनोनित गरेको छ मनोनित हुनुहुनेमा यादब भण्डारी, शरदमान श्रेष्ठ, अजित घिमिरे र धन कुमार श्रेष्ठ रहनु भएको छ ।
साथै बैठकले सल्लाहकारमा नरबहादुर के.सी दिनेश कुमार प्रधान, राज कुमार थापा, इ्रन्द्रलाल श्रेष्ठ, एजाज आलम, मनोज गौचन र बालसिं काउचा तथा कानूनी सल्लाहकारमा लोक प्रसाद खरेल र प्रेस सल्लाहकारमा दामोदर खनाललाई मनोनित गरेको छ । बैठकले सचिवालय व्यवस्थापन, बाटो तथा पार्किङ्ग निर्माण, कभर्ड हल व्यवस्थापन लगायतको जिम्मेवारी समेत बाँडफाँड गरेको महासचिव जिवकान्त काफ्लेले बताउनु भएको छ ।