बर्दिया । प्रहरीले २४ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–१ बहादुरपुर बस्ने ५३ वर्षीय कर्ण बहादुर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
विश्वकर्माले गत असार १२ गते ती महिलालाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।