काठमाडौं । एसियाकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण आजबाट सुरू भएको छ । प्रशिक्षक मोन्टी देसाइले एसियाकप सुरू हुनुभन्दा ९ दिनअघि १७ सदस्यीय टिमको प्रशिक्षण थालेका हुन् ।
नेपालले पहिलो म्याच पाकिस्तानसँग दोस्रो म्याच भारतसँग खेल्दैछ । नेपाली टिमलाई बुधबार पाकिस्तान पठाउने तयारी भईरहेको छ । सन्दीप एसियाकप खेल्ने १७ सदस्यीय टिममा छन् । तर अदालतले उनको मुद्दामाथिको सुनवाइ पछि सारेसँगै सन्दीपले पाकिस्तान जानेबारे निर्णय लिइसकेका छैनन् ।