Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गिरिको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित : सभापति देउवा


४, भदौ २०८०
  • 109
    SHARES
  • गिरिको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित : सभापति  देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्वर्गीय प्रदीप गिरिको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित भएको बताउनुभएको छ । सोमबार पार्टी कार्यालय सानेपामा समाजवादी चिन्तक, लेखक एवं कांग्रेसका निष्ठावान त्यागी नेता प्रदीप गिरीको पहिलो वार्षिकीमा आयोजित स्मरण सभामा बोल्दै देउवाले स्वर्गीय प्रदीप गिरिका कृतिहरुलाई पार्टीले प्रकाशित गरेर उहाँको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो । 

    स्वर्गीय गिरिका लेख र कुरा हेर्दा गणतन्त्रका लागि धेरै अघिदेखि नै मत जाहेर गर्ने व्यक्तिका रुपमा आफुले बुझेको सभापति देउवाले बताउनुभयो । उहाँले स्वर्गीय प्रदीप गिरि कहिल्यै नथाक्ने समाजवादी चिन्तक भएको नेता रहेको औल्याउनुभयो । 

    क्यान्सरबाट पीडित नेता गिरिको उपचारका क्रममा एक बर्ष अघि भाद्र ४ गते निधन भएको थियो । गिरिले एक दर्जनभन्दा बढी पुस्तक लेख्नुभएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend