Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता चितवनमा हुने


५, भदौ २०८०
  • 133
    SHARES
  • तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता चितवनमा हुने

    काठमाडौं । तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०८० पौष ७ र ८ गते चितवनको भरतपुरमा हुने भएको छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । 

    प्रतियोगितामा सिनियर ईभेन्ट तर्फ पुरुष/महिला ७ वटा तौल समूह, जुनियर तर्फ ३ , क्याडेट तर्फ ४ र चिल्ड्रेन तर्फ ४ तौल समुहको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।  त्यस्तै पुम्सेतर्फ एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समिति संयोजक रमेश कार्कीले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम, दोस्रो, तेश्रो हुने टिमले क्रमशः १ लाख, ५० हजार, २५ हजार र उत्कृष्ट खेलाडी महिला पुरुषतर्फ क्रमशः १०–१० हजार तथा ट्रफी र प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनुभयो । त्यस्तै पुम्सेमा प्रथम हुने टिमलाई रु.२०,००० र द्वितीय हुनेलाइ रु. १०,००० प्रदान गरिने आयोजकले जनाएको छ । 

    उत्कृष्ट निर्णायकलाई १०/१० हजार २ जनालाई प्रदान गरिने र प्रतियोगिताको अनुमानित खर्च ३३ लाख ६० हजार रहेको आयोजक समिति संयोजक कार्कीले बताउनुभयो ।  सम्पुर्ण खेलहरु विश्व तेक्वान्दो महासंघको नियम अनुसार हुने उहाँको भनाइ छ । 

    पुम्से विधाको खेलाडीहरुको ६ महिना भित्रको नेपाल तेक्वान्दो संघले प्रदान गरेको प्रमाण पत्रको फोटोकपी अनिवार्य पेश गर्नुपर्ने र सहभागी डोजाङ्ग तथा खेलाडीहरु नेपाल तेक्वान्दो संघमा दर्ता भएको हुनुपर्ने आयोजकले जनाएको छ ।  

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend