दाङ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा नगरपालिका-४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेको प्रहरीले जनाएको छ ।
डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका-१७ चौघेरा स्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।