रोल्पा।नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँसमिति पश्चिम रोल्पाको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी परिवर्तन गाउँपालिका ३ मा सोमबार सम्पन्न भएको छ।
सम्झना बुढा (सी)को अध्यक्षमा १९ सदस्यीय कार्यसमिति गठन भएको हो । त्यस्तै उपाध्यक्षमा राधिका बुढा,सचिवमा कमला पुन,सह-सचिवमा पुष्पा बुढा(ए),कोषाध्यक्ष पुष्पा बुढा(बि) निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा दिलमाया खड्का,मिना बुढा,नविना केसी,अनिता बुढा,संगीत डाँगी,बबिता वली,लिलादेवी रिजाल,सरिता केसी,निर्मला डाँगी,पुजा बुढा नविना पुन र मिना घर्ती निर्वाचित भएका छन् ।सम्झना बुढाको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा केन्द्रीय प्रतिनिधि सदस्य इन्द्राजन घर्ती सी रहनु भएको थियो।
त्यसैगरी अतिथिहरुमा नेकपा पश्चिम रोल्पा जिल्ला सचिवालय सदस्य तथा परिवर्तन गाउँसमितिका इन्चार्ज पृथ्वी डाँगी सी,नेकपा रोल्पा जिल्ला सदस्य तथा परिवर्तन गाउँसमितिका सेक्रेटरी हिरालाल खड्का (सी),नेकपा रोल्पा जिल्ला सदस्य भाइरती घर्ती (सी) र अखिल नेपाल महिला संघ क्रान्तिकारी परिवर्तन गाउँसमितिका अञ्जना बुढा (सी)लगायत रहनु भएको थियो।
कार्यक्रममा कमला डाँगीले स्वागत मन्तव्य र दिपाश्री थापाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।