काठमाडौं । मलेसियामा जारी महिला टि ट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल आज बुधबार कुवेतसँग खेल्न लागेको हो ।
अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपाल र हङकङसहित मलेसिया र कुवेतले चारदेशीय टी–ट्वेन्टी श्रृंखला खेलिरहेका छन् ।