Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एसियाडको ब्याडमिन्टन टोलीलाई ट्र्याकसुट प्रदान


६, भदौ २०८०
  • 174
    SHARES
  • एसियाडको ब्याडमिन्टन टोलीलाई ट्र्याकसुट प्रदान
    काठमाडौँ । चीनको हाङझाऊमा हुने १९औँ एशियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनमा सहभागी हुने नेपाली टोलीलाई आज केल्मीको ट्र्याकसुट प्रदान गरिएको छ ।
     
    अस्ट्रेलियामा बसोबास गर्ने ब्याडमिन्टन प्रेमी मुक्ति रोका र टीका रोकाले प्रोत्साहनस्वरुप प्रायोजन गरेको ट्र्याकसुट आठ खेलाडी र दुई प्रशिक्षकलाई प्रदान गरिएको ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जनले जानकारी दिनुभयो । 
     
    तालिम तथा प्रशिक्षण विभागका निर्देशकसमेत रहनुभएका १९औँ एशियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र नेपाल ब्याडमिन्टन सङ्घका संयोजक रामजीबहादुर श्रेष्ठले टोलीका सदस्यलाई एक कार्यक्रमबीच ट्र्याकसुट हस्तान्तरण गर्नुभएको हो ।
     
    आगामी असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालबाट समान ४–४ पुरुष र महिला खेलाडी सहभागी हुँदै छन् । पुरुषमा प्रिन्स दाहाल, सुनिल जोशी, विष्णु कटुवाल र जीवन आचार्य रहेका छन् । 
     
    त्यसैगरी महिलामा रसिला महर्जन, निता लम्साल, अनुमाया राई र नङ्शलदेवि तामाङ छन् । एसियाडको ब्याडमिन्टनमा नेपालको ठूलो सफलता क्वाटरफाइनलसम्म पुग्नु रहेको मुख्य प्रशिक्षक योञ्जनले बताउनुभयो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend