Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्नेको सङंख्या बढदो


७, भदौ २०८०
  • 183
    SHARES
  • वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्नेको सङंख्या बढदो

    काठमाडौँ । काठमाडौं प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, रकम नभएको बैंक खाताको चेक दिने, बैंक खाता ‘ह्याक’ गरी अनधिकृतरूपमा रकम चोरी गर्नेलगायत घटना बढेको जनाएको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय अपराधका स्वरुप बदलिन थालेको र आर्थिक अपराधका घटनाहरु बढ्न थालेको जनाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंमा पछिल्लो सात महिनामा दर्ता भएकामध्ये आर्थिक अपराधसँग जोडिएका मुद्दा ५० प्रतिशत बढी रहेको बैंकिङ कसुरका मात्रै चार हजार सात सय २३ उजुरी दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

    उहाँले आर्थिक अपराधका घटनाहरु न्यूनीकरण गर्न सचेतना अभियानको पनि आवश्यकता देखिएको बताउनुभयो । कार्कीेले परिसरको नेतृत्व गरेसँगै फैसला कार्यान्वयनलाई पनि उच्च महत्व दिएको उहाँको भनाइ छ । परिसरमा माघदेखि साउनसम्म तीन सय ३२ घटनामा रु पाँच करोड ४१ लाख ६९ हजार सात सय ३२ बराबरको ठगी भएको निवेदन परेको उहाँले बताउनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक कार्की बिहीबार नै जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय महानिरिक्षकको सचिवालयमा रवाना हुनुभएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend