रुद्रमणि भुसाल, भाद्र ५ अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बागबानी ब्यवसाय प्रर्वद्धन युवा उद्यमीको संशक्तिकरणमा युवा परियोजना कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले फेसनकै रुपमा बिदेशमा जाने कर्मशिल जनशक्ति जिल्लामै रोकथामको लागि यो संस्थाले युवाहरुको इच्छा पैसा कमाउनको लागि बिदेशमै जानुपर्ने सोच, कृषि पेसाप्रतिको रुची , कृषि पेसामा आत्मनिर्भर बन्न चाहिने आवश्यक सहयोग लगायतका बारेमा १६ वर्षदेखि ४० वर्ष सम्मका कृषक खोजी गर्ने भएकाले सोही अनुसार नगरपालिकाले नितिनिर्माण र योजना बनाउन महत्वपुर्ण सहयोग हुने बिश्वास ब्यक्त गनुभयो ।
कार्यक्रममा युवा परियोजनाका प्रमुख बिष्णुकुमार बिश्वकर्माले कार्यक्रमको उदेश्य ,आगामी योजना , प्राबिधिक ज्ञान ,अनुसन्धानको बिधि युवा महिला ,पुरुषलाई कृषिकर्ममा आत्मनिर्भर बनाउने तरिका लगायतका बिषयमा तीन वर्ष सन्धिखर्क नगरपालिकामै बसेर एक सय ५० युवा कृषक सबै वडाबाट छनोट गरी काम गर्ने बताउनुभयो । हर्टिकल्चर इनोभेसन ल्याव, युसी डेभिस ,युएसडी फरवार्ड नेपाल लगायतको आर्थिक सहयोगमा सन्धिखर्क नगरपालिकामा बसेर काम गर्ने परियोजना बनाउने प्रमुख बिश्वकर्माले बताउनुभयो ।
कार्यक्रममा दक्षिण एसिया हव म्यानेजर कृष्णप्रसाद सापकोटा ,वडा अध्यक्ष हुम प्रसाद बन्जाडे ,प्रधानमन्त्रि आधुनिकिकरण परियोजना जोन अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डे , कृषक पुस्कर बन्जाडे लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम नुमलाल शर्माको संचालनमा सम्पन्न भएको हो ।