अनिल नेपाली,अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा अर्घाखाँचीका अभियान ईन्चार्ज बामदेब घिमिरे क्षेत्रीले देशमा सुशासन नहुँदा ठूला व्यबसायी र निजि क्षेत्र समेत असुरक्षित भएको बताउनुभएको छ । शुक्रबार अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिकाको बैठकलाई सम्वोधन गदै नेता क्षेत्रीले यस्तो बताएका हुन् ।
नेता क्षेत्रीले अहिलेको सरकार सुशासन कायम गर्न दत्तचित्त रहेको बताउँदै उनले निम्न वर्ग मात्र नभई निजि क्षेत्र पनि समस्यामा नजिक रहेको उल्लेख गदै सरकार जनताका समस्या र व्यबसायीका समस्याप्रति जिम्मेबार र सबेदनशील रहेको बताउनुभयो । उहाँले देशमा विगत लामो समयदेखिका शुङ्खलाबद्ध घटना ललिता निवास, भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देशका ठुला ठुला भ्रष्टाचारका काण्डहरुको फाइल खुलेको भन्दै नेता क्षेत्रीले अब देशमा सुशासन माओवादीकै पालामा आउने जिकिर गर्नुभयो ।
उहाँले पार्टी कुनै पनि हिसाबले कमजोर नभएकोले सबै नेता तथा कार्यकताहरु पार्टी काममा उत्साह पूर्वक लाग्न निर्देशन दिदै देशमा लोकतन्त्र र गणतन्त्र माओबादी आन्दोलनको बलमा आएकोले सुशासन पनि आफ्नो पार्टीले कायम गरेर छाड्ने बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै नेता क्षेत्रीले देशमा परिबर्तन माओबादीले गर्ने तर मुद्धा स्थापित हुने बेलामा माओबादीलाई छिन्नभिन्न पारेर विदेशीशक्तिले माओबादीलाई कमजोर पार्न खोजेकोले अब सबै माओबादी घटक एक हुनुपर्ने बताउनुभयो ।
उहाँले पार्टिको तीन महिने अभियानमा आफूले जितेका स्थानमा मात्र नभई अन्य स्थान र जनताको घरमा पुगेर जनताको समस्या बुझेर समाधान गर्ने बताउनुभयो । यहि भदौ १६ गते देखि ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । सोही अभियानको पूर्व सन्ध्यामा सो पार्टीले अर्घाखाँची जिल्लाका पालिका बैठकलाई निरन्तरता दिदै सगठन सुढुणीकरण सन्देश प्रबाह गरेको हो ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा संस्कृति पर्यटन राज्यमन्त्री शुशिला श्रीपाली , जिल्ला सयोजक राजेन्द्र भुसाल प्रदेश सचिबालय सदस्य धर्मराज भुसाल प्रदेश सदस्य रामलाल पराजुली प्रदेश परिषद् सदस्य जग परियार केन्द्रिय परिषद् सदस्य गंगा फुलेल ,सन्धिखर्क नगरपालिका उपाध्यक्ष सिता श्रीपाली लगायतका नेताहरुले कार्यक्रममा मन्तब्य राख्दै अभियानलाई तीब रुपमा जनताका बीचमा लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रम छत्रदेब गाँउपालिका अध्यक्ष तारा पाण्डे सुभाषको अध्यक्षता सचिब नारायण खनालको सञ्चालनमा सम्पन्न भएको थियो । पार्टीले मालारानी गाँउपालिका लगायतका स्थानीय पालिकामा कार्यविभाजन समेत गरी अभियानलाई तिब्रता दिएको छ ।