Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेकपा(माओवादी केन्द्र)परिवर्तन गाउपालिकाको पूर्ण बैठक सम्पन्न


१०, भदौ २०८०
  • 221
    SHARES
  • नेकपा(माओवादी केन्द्र)परिवर्तन गाउपालिकाको पूर्ण बैठक सम्पन्न

    रोल्पा।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको पूर्ण बैठक शनिबार पुतलाचौरमा सम्पन्न भएको छ।

    केन्द्रको निर्देशन अनुसार जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको शनिबार देखि परिवर्तन गाउँपालिकामा सुरु भएको हो।नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा परिवर्तन गाउँपालिकाका अभियान संयोजक वीर बहादुर घर्तिको अध्यक्षतामा भएको बैठकमा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य आइपि खरेलको प्रमुख आतिथ्यता रहेको थियोे। 

    अतिथीमा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार सदस्य जय बहादुर घर्ती,नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश कमिटीका सदस्य मौसम रोका,नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश कमिटीका सदस्य हित कुमारि बुढा,वाइसीएल नेपालका केन्द्रिय सदस्य सरिता झाक्रि मगर,नेकपा(माओवादी केन्द्र)लुम्बिनी प्रदेश जेष्ठ नागरिक मञ्चका सदस्य भान्सिङ बुढा र नेकपा(माओवादी केन्द्र)परिवर्तन गाउँपालिकाका निवर्तमान अध्यक्ष सुक बहादुर बुढा मगर लगायतको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा नेकपा(माओवादी केन्द्र)परिवर्तन गाउँपालिकाका वडा अध्यक्ष,सदस्य र कार्यकर्ताहरुको सहभागिता रहेको थियोे।कार्यक्रममा अभियानमा आएको टोलीलाई सम्मान समेत गरिएको थियो।कार्यक्रम सञ्चालन नेकपा(माओवादी केन्द्र)परिवर्तन गाउँपालिकाका कार्यवाहक अध्यक्ष हरिप्रसाद बुढा मगरले गर्नु भएको थियो।परिवर्तन गाउपालिका पार्टी सचिवालय  टिमहरूको कार्यक्षेत्र समेत विभाजन गरिको छ।

    पार्टी पदाधिकारीहरूको नामावली

    १ नं. वडा मा वीर बहादुर खत्री नेकपा(माओवादी केन्द्र) परिवर्तन गाउँपालिका कमिटीका कोषाध्यक्ष,२ नं.वडा मा चुडामणी वली नेकपा(माओवादी केन्द्र)परिवर्तन गाउँपालिका कमिटीका सह(सचिव,३ नं.वडा मा सुक बहादुर बुढा नेकपा(माओवादी केन्द्र)परिवर्तन गाउँपालिका कमिटीका निवर्तमान अध्यक्ष,४ नं.वडा मा कर्ण बहादुर बुढा नेकपा(माओवादी केन्द्र)परिवर्तन गाउँपालिका कमिटीका सचिव,५ नं.वडा मा दल बहादुर बुढा लुम्बिनी प्रदेश सल्लाहकार सदस्य र ६ नं.वडा मा हरिप्रसाद बुढा मगर नेकपा(माओवादी केन्द्र)परिवर्तन गाउँपालिका कमिटीका कार्यबाहक अध्यक्षलाई जिम्मेवारी दिइएको छ।

    पूर्ण बैठकले गरेको निर्णय

    परिवर्तन गाउँपालिकामा भदौ १५ गते भित्र परिवर्तन गाउँपालिकाको सबै वडामा आन्तरिक भेला कार्यक्रम सम्पन्न गरिसक्नुपर्ने शनिबारको बैठकले निर्णय गरेको छ।अर्को ३ महिना सम्म चल्ने अभियानको भदौ १६ गतेदेखि देशव्यापी रूपमा ६ हजार ७ सय ४३ वडामा सुरु हुने र परिवर्तन गाउँपालिकामा पनि सोही अनुरुप अगाडि बढ्ने छ ।

    370576280_1478221556290588_8513393920726170138_n.jpg
    undefined
    369841557_258739469980690_7079036120605439765_n.jpg
    undefined
    370100025_1203958934329637_5475832407245866477_n.jpg
    undefined

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend