काठमाडौं । नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्बिरोध निर्वाचित हुनु भएको छ ।
कांग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएकी डा.राणा कृषि र वातावरणका विषयमा विज्ञ हुनुहुन्छ । नेपाली कांग्रेसको केन्द्रिय सदस्य माननीय डा.आरजु देउवा राणा प्रतिनिधि सभामा कृषि , सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्बिरोध निर्वाचित हुनु भएको छ । डा.देउवाका बुवा विनोद सम्शेर राणा बर्दिया ढोढरी स्थित बेलुवा गाउँमा रहेको सयौं बिगाहा जमिनमा वर्षायाममा आफै खटिएर खेतीपाती गर्नुहुन्थ्यो । आधुनिक कृषि प्रणालीको सुरूवात उहाँले नै गर्नु भएको हो बर्दियामा ।
डा.आरजु बुवाको कर्म र देश दौडाहामा जनताले पाएको दुखकष्ट बारेमा नजिकैबाट जानकार नेता हुनुहुन्छ । सांसद आरजु नेपाली किसानहरुले व्यहोर्नु परेको मल , बीउ, सिंचाइ र बजारको समस्या सम्बन्धि जानकार हुनुहुन्छ । जनताको समस्या समाधान बारेमा डा. देउवा प्रतिनिधि सभामा कृषि , सहकारी समिति सभापतिको जिम्मेवारीलाई प्रभावकारी ढंगले भुमिका निर्वाह गर्नुहुनेछ भन्ने कुरामा सरोकारवाला बताउनुहुन्छ ।