Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसले वीपी साहित्य महोत्सव आयोजना गर्ने


११, भदौ २०८०
  • 347
    SHARES
  • कांग्रेसले वीपी साहित्य महोत्सव आयोजना गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी साहित्य महोत्सव आयोजना गर्ने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले जननायक वीपी कोइरालाको ११० औं जन्म जयन्तीलाई वीपी साहित्य महोत्सवका रुपमा मनाउने जानकारी गराएको हो ।

    भाद्र २४ लाई नेपाली कांग्रेसले हरेक वर्ष बी.पी. जन्म जयन्तीका रुपमा मनाउँदै आएको छ । वीपी साहित्य महोत्सव भाद्र २४, २५ र २६ गते पार्टी कार्यालयमा आयोजना गरिने कांग्रेस सूचना सञ्चार तथा प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

    साहित्य महोत्सवमा मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्त, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी लगायतका बिषयमा बहस हुने उहाँले बताउनुभयो ।

    महोत्सव अन्तर्गत कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी हुने विश्वकर्माले जानकारी दिनुभयो । 

    Bahdra 11, BP Festival 24-26 bhadra.jpg

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend