Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इथियोपियामा झडप, कम्तीमा १८३ जनाको मृत्यु


१३, भदौ २०८०
  • 234
    SHARES
  • इथियोपियामा झडप, कम्तीमा १८३ जनाको मृत्यु

    एजेन्सी । इथियोपियाको अम्हारामा भएको झडपमा जुलाइ महिनायता कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ।

    छिमेकी क्षेत्र टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि यस वर्ष उत्तरी क्षेत्रमा तनाव बढेको थियो जसमा अम्हाराका लडाकुहरू पनि सामेल भएका थिए। ‘इथियोपियाका केही क्षेत्रमा मानव अधिकारको अवस्था बिग्रिँदै गएकोमा हामी निकै चिन्तित छौं,’ संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले जेनेभामा मंगलबार पत्रकारहरूको कुराकानीमा भनिन्, ‘अम्हारा क्षेत्रमा इथियोपियाली सेना र क्षेत्रीय फानो मिलिसियाबीच झडप भड्किएपछि र अगस्ट ४ मा आपतकालीन अवस्थाको घोषणापछि स्थिति निकै खराब भएको थियो।’

    संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले संकलन गरेको जानकारी अनुसार जुलाइयता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको हो। गत अप्रिलमा संघीय सरकारले देशभरका क्षेत्रीय शक्तिलाई ध्वस्त पार्ने घोषणा गरेको थियो। यस घोषणाले उनीहरूको क्षेत्रलाई कमजोर पार्ने बताउँदै अम्हारा राष्ट्रवादीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए।​

    जुलाइको सुरूमा राष्ट्रिय सेना र फानो भनिने स्थानीय लडाकुहरूबीच झडप भएको थियो। जसका कारण अगस्ट ४ मा अदिस अबाबाका अधिकारीहरूले छ महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेका थिए।​

    हर्टाडोले भनिन्, ‘यो स्थितिले अधिकारीहरूलाई अदालतको आदेशबिनै संदिग्धहरूलाई पक्राउ गर्न, कर्फ्यु लागू गर्न र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाउन अधिकार दिएको छ।’

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend