पाल्पा । पाल्पा जिल्लाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।
गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो । जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।