Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चैतभित्रै योजना सम्पन्न गर्ने गरी काम गर्न नगरप्रमुख पाण्डेयको निर्देशन


१३, भदौ २०८०
  • 243
    SHARES
  • चैतभित्रै योजना सम्पन्न गर्ने गरी काम गर्न नगरप्रमुख पाण्डेयको निर्देशन

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चैतभित्रै योजना सम्पन्न हुने गरी काम अगाडि बनाउन योजना र वडा कार्यालयहरुलाई निर्देशन दिनुभएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले वर्षायाम लागेपछि योजना सम्पन्न गर्न तर्फ लाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

    उहाँले उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्नका लागि बुटवलमा नियमित रुपमा सरसफाई अभियान सञ्चालन गरिरहेको, खाली क्षेत्रमा वृक्षरोपण गर्ने र हरियाली बनाउने, विभिन्न स्थानमा पार्कहरु निर्माण गर्ने काम अगाडि बढाएको बताउनुभयो ।

    उहाँले सडक क्षेत्रका छाडा चौपाया व्यवस्थापनको व्यवस्थापनका लागि दुई खालका नीति अपनाउँदै काम अगाडि बढाएको बताउनुभयो । उहाँले तत्काल, गौशाला सञ्चालन गरी बुटवलको सडकमा रहेका छाडा चौपायालाई गौशालामा व्यवस्थित गर्ने र अन्यत्रबाट थपिदै जाने अवस्था भएकाले दीर्घकालीन समाधानका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापनाका लागि प्रदेश सरकार तथा स्थानीय सरकारहरुसँग सहकार्य गर्ने गरी नीति र कार्यक्रम ल्याएको बताउनुभयो ।

    ‘यसअघि जसले छाडा चौपाया व्यवस्थापन गर्ने जिम्मा लिएर नगरबाट रकम लगिरहेको थियो, त्यसले अहिले छाडा चौपाया व्यवस्थापन नगरी अरु काम गरिरहेकाले त्यसलाई खारेज गरी नयाँ प्रक्रियाको लागि खुला आह्वान गरेका छौं, –उहाँले भन्नुभयो–जसअनुसार खुला आह्वानबाट छानिनेले बुटवलको छाडा चौपायाको व्यवस्थापन गर्ने गरी नगरले जिम्मा दिनेछ ।’

    उहाँले बुटवल र बुटवलजस्ता अरु शहरहरुमा अन्यत्रबाट गाइवस्तु आउने र सडकमा बस्ने भएकाले राजमार्ग क्षेत्रका स्थानीय तहहरु र प्रदेश सरकारको समन्वयमा प्रदेशस्तरको गौशालासहितको संरक्षण केन्द्र बनाउने गरी प्रदेश सरकारसँग छलफल भइरहेको बताउनुभयो ।

    उहाँले गृहिणी महिलाहरुलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न गृहिणी महिला रोजगार कार्यक्रम, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरुका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम अगाडि बढाएको बताउनुभयो । उहाँले छिटै नै बुटवल १३ र १७ मा १५।१५ शैयाका अस्पताल सञ्चालन गर्ने र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्ने बताउनुभयो । प्रमुख पाण्डेयले लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्क बनाउँदै पार्किङ भवन र व्यवसायिक कोशेली भवन निर्माण गरिने बताउनुभयो ।

    उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट र सौन्दर्यीकरण गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै उहाँले बुटवललाई उपयुक्त विश्रामस्थल बनाउने र  रात्रीकालीन बजार सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बजारलाई व्यवस्थि तगर्नका लागि नियमित अनुगमन र व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले बुटवललाई व्यवस्थित र सफा सहर बनाउनका लागि सबै क्षेत्रको साथ जरुरी रहेको बताउनुभयो ।

    बुटवल उपमहानगरपालिकाका महाशाखा प्रमुख मित्रमणि खनालको सञ्चालनमा भएको कार्यक्रममा बुटवलका राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले बोल्दै बजेट र कार्यक्रमले सबै क्षेत्र समेटेको देखिएअनुसार कार्यान्वयनमा जोड दिन सुझाव दिएका थिए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend