Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एसिया कपः श्रीलंका र बंगलादेश भिड्दै, 


१४, भदौ २०८०
  • 196
    SHARES
  • एसिया कपः श्रीलंका र बंगलादेश भिड्दै, 

    काठमाडौ । एसिया कपको दोस्रो खेल आज घरेलु टोली श्रीलंका र बंगलादेशबीच हुँदैछ । 

    श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुँदैछ । साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चाहन्छ ।

    यी दुई टोलीले आफ्ना प्रतिद्धन्द्धीहरुसँग खेलेका पछिल्ला ५ खेल हेर्ने हो भने बंगलादेशले ३ वटा खेल जितेको छ भने २ वटा खेल हारेको छ । श्रीलंका भने राम्रो लयमा देखिएको छ उसले आफ्ना ५ वटा खेलमा ५ वटै खेलमा जीत निकालेको छ । श्रीलंकाको टोली भने अहिले युवा टोली छ र यसले विश्व क्रिकेटमा अहिले राम्रो प्रदर्शन गरिरहेको छ ।

    यी दुई टोलीले २०२१ भन्दा यता खेल खेलेका छैनन् । पछिल्ला ५ भेटमा बंगलादेशले दुई खेलमा जीत निकालेको छ भने ३ खेलमा श्रीलंकाले जितेको छ । यी दुई टोलीको हेडटु्हेड हेर्ने हो भने जम्मा ५१ खेल खेलेका छन् जसमा ४० खेल श्रीलंकाले जीतेको छ भने ९ खेलमा बंगलादेश विजयी भएको छ  । २ वटा खेलमा नतिजाविहीन भएको छ । श्रीलंकाको पल्लेकेलेमा भने एउटा खेल खेलेका छन् जसमा श्रीलंका विजयी भएको थियो ।

    यसरी यी दुई टोलीको भेटको विश्लेषण गर्दा बंगलादेश भन्दा श्रीलंकाको टीम बलियो देखिन्छ । श्रीलंकालाई हराउँन बंगलादेशलाई निक्कै मुस्किल देखिएको छ । यता श्रीलंकाले होम क्राउडको फाइदा पनि उठाउन सक्छ ।

    एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन । एसिया कपमा नेपालसहित अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend