भैरहवा । पञ्चकन्या समुहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा एक सय दश जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समुहका उपाध्यक्ष ध्रुव कुमार श्रेठले रक्तदान कार्यक्रमको आयोजना गरि ५१औं बर्ष प्रवेशको शुभारम्भ गरिएको बताउनुभयो । उहाँले विगतमा पनि रक्तादन कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
उहाँले रक्तदान जस्तो पवित्र कार्यक्रमले आपसी सद्भाव कायम गर्नुका साथै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । समुहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा समुहमा कार्यरत कर्मचारी, मजदुर, स्थानिय, लिस्नु युवा क्लबका पदाधिकारी तथा सदस्य लगायतले सहभागिता जनाएका थिए।
