Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एसिया कप : आज बंगलादेश र अफगानस्तानबीच प्रतिस्पर्धा हुदै 


१७, भदौ २०८०
  • 206
    SHARES
  • एसिया कप : आज बंगलादेश र अफगानस्तानबीच प्रतिस्पर्धा हुदै 

    काठमाडौं । १६ औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज बंगलादेश र अफगानस्तान खेल्दै छन् । यी दुई टोलीबीचको खेल दिउँसो ३ः१५ देखि पाकिस्तानको गद्दाफी स्टेडियामा सुरु हुनेछ । समूह ‘बी’ मा रहेका यी दुबै टिमको प्रतिस्पर्धा टक्करको हुने देखिन्छ । 

    यता हिजो भएको एसिया कपको समूह चरणको खेलमा पाकिस्तान र भारतले एकएक अंक बाँड्दै पाकिस्तान सुपर चारमा पुगेको छ । शनिबार भएको खेल वर्षाले विथोलेपछि दुबैले अंक बाँड्नु परेको हो । अब भारतले नेपालसँग खेल्नेछ । भारत यदि एसिया कपमा नेपालसँग हारे समूह चरणबाटै बाहिरिने छ । समूह ए को अन्तिम खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।

    पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेको छ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । अन्तिम खेलमा नेपाल विजयी हुँदा २ अंक हुन्छ । नेपालसँग पराजित हुँदा भारत १ अंकका साथ पुछारमा रहँदै बाहिरिनेछ । तर,नेपालले भारतसँग जित हात पार्न निकै उम्दा प्रर्दशन गर्नुबाहेक कुनै विकल्प छैन् । भोली वर्षाको कारण खेल रद्द हुने परिस्थिति बने भारत २ अंकका साथ सोझै सुपर फोरमा पुग्नेछ । त्यसैले नेपालले जित निकाल्न सके पहिलो सहभागीतामै सुपर फोरमा स्थान बनाउने देखिन्छ ।

    विश्व क्रिकेटमा प्रभावशाली अस्तित्व बनाएका भारत र पाकिस्तान बीचको खेल निकै टक्करको हुँदा हुँदै पनि वर्षा उक्त खेलको बाधक बन्न पुग्यो । पाकिस्तानका तीन तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको सानदार बलिङमा भारत २ सय ६६ रनमै अल आउट भएको थियो । सुरुबाटै बर्षाले विथोल्दै आएको पाकिस्तान र भारतबीचको खेल वर्षाको कारण रद्द भयो ।

    नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह बी को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो पटक एसिया कप खेलेको छ ।

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend