Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार निष्कर्षमा पुग्न नसक्ने आशंका: सांसद केसी


१८, भदौ २०८०
  • 232
    SHARES
  • सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार निष्कर्षमा पुग्न नसक्ने आशंका: सांसद  केसी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सुरु गरेका अभियान निष्कर्षमा पुग्न नसक्ने आशंका गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा केसीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले एकपछि अर्को फाइल खोले पनि निष्कर्षमा नपुग्ने देखिएको बताउनुभएको हो ।

    उहाँले खोलिएका फाइलहरु टुंगोमा नपुग्ने र बीचमै तुहिने खालको परिस्थितिले भ्रष्टाचार  नियन्त्रणका गतिविधिहरूलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको जिकिर तर्क गर्नुभयो । भ्रष्टाचारलाई सही ढंगबाट जरोसम्म पुगेर त्यसलाई निराकरण गर्न नसकेसम्म सुशासनको प्रत्याभूति हुन नसक्ने उहाँको भनाइ छ । सांसद केसीले मुलुकको टेलिकम क्षेत्रमा सुधार गर्न टेरामक्स प्रविधिको आवश्यक रहेको भन्दै यस बारे अध्ययन सुरु गर्नुपर्ने बताउनुभयो ।

    टेरामक्सले अण्डर भ्वोइसिङ, नो बिलिङ, र त्यहाँभित्र हुने गोलमाल नियन्त्रण गर्न सक्ने भएकाले यसको प्रयोग गर्नुपर्ने भए पनि यसलाई भित्राउन नदिन ठूलो खेल भएको हुन सक्ने उहाँले बताउनुभयो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend