Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एसिया कप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल


१९, भदौ २०८०
  • 189
    SHARES
  • एसिया कप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

    काठमाण्डौ । एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । आज सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले हरायो ।

    वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा  १ विकेट पनि नगुमाई लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाए । रोहितले ७४ र शुभमनले ६७ रन जोडे ।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ रनमा २ सय ३० रन बनाउँदा अल आउट भयो ।

    नेपालका लागि नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए । कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए । दीपेन्द्रसिंह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए । यस्तै भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।

    बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए ।

    यो हारसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने यो जितसँगै 'सुपर फोर' मा पुगेको छ । समूह 'ए' बाट पाकिस्तान यसअघि नै 'सुपर फोर' मा पुगिसकेको छ ।

    समूह 'बी' बाट 'सुपर फोर' मा पुग्ने टोलीको टुङ्गो भोलि मङ्गलवार हुने श्रीलङ्का र अफगानिस्तानबीचको खेलबाट लाग्नेछ ।सुपर फोर का खेल पर्सि बुधवारदेखि हुनेछ । फाइनल खेल सेप्टेम्बर १७ तारिखमा हुनेछ ।

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend