Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन


२०, भदौ २०८०
  • 182
    SHARES
  • ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन

    ताप्लेजुङ । ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो ।

    सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट रु चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्वाटरफाइनलबाट रु छ लाख ५५ हजार आठ सय सङ्कलन भएको हो ।

    सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क रु दुई सय र क्वाटरफाइनलका लागि रु एक सय टिकटदर निर्धारण गरिएको थियो । यस्तै आज हुने फाइनल खेलका लागि पनि रु दुई सय नै टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । 

    खेलको पहिलो दिन भदौ १४ गते रु एक लाख ७० हजार आठ सय, १५ गते रु एक लाख ३१ हजार सात सय, १६ गते रु एक लाख ७५ हजार सात सय तथा भदौ १७ गते रु एक लाख ७७ हजार सात सयको टिकट बिक्री भएको थियो । यसैबीच सेमिफाइनलको पहिलो दिन भदौ १८ गते रु एक लाख ५८ हजार चार सय र दोस्रो दिन भदौ १९ गते रु तीन लाख सात हजार चार सङ्कलन भएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

    प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन् । उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन् । ताप्लेजुङ गोल्डकप ताप्लेजुङ जिल्लाका ठूलो प्रतियोगिता हो । वि.सं २०२९ देखि प्रत्येक वर्ष लाखेजात्राको अवसरमा प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend