Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ताप्लेजुङ गोल्डकप  टिकट बिक्रीबाटै १८ लाख ७६ हजार सङ्कलन


२१, भदौ २०८०
  • 184
    SHARES
  • ताप्लेजुङ गोल्डकप  टिकट बिक्रीबाटै १८ लाख ७६ हजार सङ्कलन
    ताप्लेजुङ ।  बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट रु १८ लाख बढी रकम सङ्कलन भएको छ । यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट रु १८ लाख ७६ हजार छ सय सङ्कलन भएको लाखे जात्रा खेल सञ्चालन समितिले जनाएको छ ।
     
    बुधबार एकै दिन फाइनल प्रतियोगितामा पुगेका दर्शकबाट रु सात लाख ५५ हजार सङ्कलन भएको थियो । फाइनल प्रतियोगितामा तीन हजार सात सय ७५ दर्शकले टिकट खरिद गरेर खेलको अवलोकन गरेका थिए ।
     
    प्रतियोगिताको पहिलो दिन रु एक लाख ७० हजार आठ सय, दोस्रो दिन रु एक लाख ३१ हजार सात सय, तेस्रो दिन रु एक लाख ७५ हजार छ सय, चौथो दिन रु एक लाख ७७ हजार सात सय र पाँचौं दिन रु एक लाख ५८ हजार चार सय सङ्कलन भएको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मङ्लबार भएको सेमिफाइनलको अन्तिम खेलमा रु तीन लाख ७४ हजार सङ्कलन भएको थियो ।
     
    खेल अवधिभर नै जिल्ला र जिल्ला बाहिरबाट आएका दर्शकको घुइँचो नै लागेको थियो । यसपटकको प्रतियोगितामा करिब १० हजार दर्शकले अवलोकन गरेका छन् । लाखेजात्रामा आयोजना हुने हरेक वर्षका प्रतियोगितामा टिकट बिक्री गरिँदै आएको छ । 
     
    खेल सञ्चालन गर्नका लागि खेलमैदान स्तरोन्नति गर्नुपर्ने, प्यारापिट निर्माण गर्नुपर्ने लगायतका कारण टिकट बिक्री गर्नुपर्ने बाध्यता रहेको आयोजकले जनाएको छ । यस वर्ष खेल मैदानको स्तरोन्नति र प्यारापिट निर्माणमा मात्रै अनुमानित रु आठ लाख बढी खर्च भएको बताइएको छ ।
     
    यस्तै प्रतियोगिताका लागि विभिन्न सङ्घसंस्था, व्यक्तिबाट ठूलोमात्रामा सहयोग प्राप्त भएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताउनुभयो । ऐतिहासिक फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पर्यटन प्रबद्र्धन, खेलकुदको विकासमा सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको र आगामी समयमा यसलाई थप परिस्कृत गर्दै निरन्तरता दिने उहाँको भनाइ छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend