Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यादवमाथि भएको आक्रमणको गृहमन्त्रीले जवाफ दिनुपर्ने : मुख्य सचेतक लेखक


२१, भदौ २०८०
  • 717
    SHARES
  • यादवमाथि भएको आक्रमणको गृहमन्त्रीले जवाफ दिनुपर्ने : मुख्य सचेतक लेखक

    काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीका सह महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले सदनको अर्को बैठकमा उक्त घटनाको बारेमा सम्पुर्ण विवरण सहितको जानकारी र अनुसन्धानका बिषयमा जानकारी गराउन माग गर्नुभएको हो ।

    उहाँले आक्रमणको घटनाका तथ्य छानबिन गरी कडा कारवाही गर्नुपर्ने माग गर्नुभयो । लेखकले यादव माथिको आक्रमण व्यक्तिगत नभएर प्रवृति भएको भन्दै प्रवृत्तिको निर्मम ढंगले खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनता गणतान्त्रिक व्यवस्थासँग सहमत नरहेको भन्दै   कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टी खराब हुन् भन्ने कृत्रिम भाष्य निर्माण गर्न खोजिएको तर्क गर्नुभयो ।

    अहिलेको व्यवस्था विरुद्ध आक्रमण गर्ने पूर्व तयारीको रूपमा निर्माण गर्न खोजिएको भाष्यका कारण संघीय लोकतान्त्रिक व्यवस्थाबाट विचलित हुने र भाग्ने कुनै कुरा नरहेको उहाँले बताउनुभयो । लेखकले कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित पर्वत रहेको उल्लेख गर्दै खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्ने भ्रम त्याग्न आग्रह गर्नुभयो । 

    त्यस्तै मुख्य सचेतक लेखकले यादवमाथिको आक्रमण ज्यान मार्ने नियतले भएको स्पष्ट देखिएको कांग्रेसको बुझाई रहेको बताउनुभयो । महेन्द्र यादवमाथि बुधबार काठमाडौंको भुकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट घाइते यादवको उपचार जारी छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend