Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालगञ्जमा गरिबसँग स्थानीय सरकार


२२, भदौ २०८०
  • 253
    SHARES
  • नेपालगञ्जमा गरिबसँग स्थानीय सरकार

    नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो । 

    उक्त कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भई नेपालगञ्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले जानकारी दिनुभयो । उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समितिका संयोजक कौशलकुमार धोवीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले उक्त मस्यौदा हस्तान्तरण गर्नुभएको हो ।

    गत साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको संयोजकत्वमा लक्ष्मण वर्मा र बीना थापा सदस्य तथा जोशी सदस्य सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त कार्यदललाई १५ दिनको समय दिइएको थियो । कार्यदलले बुझाएको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीले नगरप्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गर्नुभएको छ । नगरप्रमुख विष्टले तोक लगाएपछि उक्त मस्यौदा नगर कार्यपालिकामा प्रस्तुत हुनेछ । नगर कार्यपालिकाबाट पारित भएपछि राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइनेछ ।

    ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’मार्फत नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बसोबास गरिरहेका लक्षित समुदायमध्ये आर्थिक क्रियाकलापका दृष्टिले निष्क्रिय जनशक्तिलाई व्यावसायिक गतिविधिमा सरिक गराउन नवीनतम प्रविधि, ज्ञान र सीपका आधारमा व्यावसायिक लगानी योजना तयार गरेर उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने गरी प्रस्तावित योजनाका लागि कर्जा उपलब्ध गराइनेछ ।

    सहरी सुशासन, जनसहभागिता प्रवद्र्धन र आर्थिक सशक्तीकरण गरी सबै नगरवासीले देखेको आफ्नो समृद्धिको परिकल्पना साकार पार्नसक्ने गरी ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ सञ्चालन गर्न वाञ्छनीय देखिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।  

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend