Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दन्त सेवाले बिरामीलाई सजिलो


२२, भदौ २०८०
  • 285
    SHARES
  • दन्त सेवाले बिरामीलाई सजिलो

    बागलुङ । बलेवास्थित बागलुङ नगर अस्पतालमा अबदेखि नियमित रुपमा दन्त शिविर, नाक, कान, घाँटी, सुरक्षित सुत्केरी सेवा र प्रसूति प्रतीक्षा घरसमेत सञ्चालनमा आउने भएको छ ।

    अस्पतालले विभिन्न सङ्घसंस्थाको सहकार्यमा अस्पताललाई बहुसेवा दिने प्रकारको बनाउन लागेको हो । हाल अस्पतालको भवन निर्माणाधीन भए पनि तत्कालीन स्वास्थ्य चौकीकै भवनमा अस्पताल सञ्चालन गरिएको छ । सो अस्पतालमा हाल दुई मेडिकल अधिकृत, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्टसहित नौ स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले मात्र सबै सेवा प्रवाह गर्न नपुग्ने भएपछि दाता तथा सहकार्य गर्ने संस्था खोजिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । 

    पहिलो चरणमा हप्तैपिच्छे दन्त शिविर र प्रसूति प्रतीक्षा घर भने सञ्चालनमा आइसकेको छ । जिभाय नेपालको सहकार्यमा नगर अस्पताल बलेवाले दन्त क्लिनिक अभियान चलाएको हो । ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरेको भीमापोखरा युवा क्लब र फेयरमेड फाउण्डेसनले सुरक्षित सुत्केरीका लागि प्रतिक्षा घरका लागि आवश्यक सामग्री तथा उपकरण सहयोग गरेको हो । 

    एउटा कोठामा दुई गर्भवती र दुई कुरुवा बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । सामग्री र उपकरणपछि सुरक्षित सुत्केरी सेवाको अभियानमा साथ पुगेको अस्पतालका मेडिकल अधिकृत गरिमा खनालले बताउनुभयो । संस्थाले बेवी वार्मर मेसिन दिएकाले जाडो मौसममा पनि सुरक्षित सुत्केरीसहित शिशुको सुरक्षा गर्न सकिने भएको छ ।

    त्यस्तै जिभाय नेपालले दन्त ‘चियर’सहित उपकरण र सामग्री सहयोग गरेको हो । साथै हरेक साता एक–एक दन्त चिकित्सक आएर यहाँ सेवा दिने व्यवस्थापन गरिएको हो । बिहिबार एक कार्यक्रमका बीच नगर प्रमुख वसन्तकुमार श्रेष्ठले दुवै सेवाको शुभारम्भ गर्नुभयो ।

    श्रेष्ठले उक्त अवसरमा नगर अस्पताललाई क्रमशः विस्तार गर्दै आम नागरिकको विश्वसनीय बनाउने बताउनुभयो । त्यसका लागि पहिलो चरणमा भवन निर्माण सक्ने, त्यसपछि उपकरणहरुको जोहो गर्दै चौबीसै घण्टा सेवा दिने प्रकारको बनाइने बताउनुभयो । “अहिले त सामान्य जस्तो छ, तर केही समयमै सेवा प्रवाह बढाएर नागरिकको स्वास्थ्य सुधारमा पहल गर्छौं”, श्रेष्ठले भन्नुभयो, “सामान्य उपचारका लागि नागरिकले हजारौँ लाखौँ खर्चने पद्धति अब अन्त्य हुनुपर्छ ।” 

    दैनिक ३५ देखि ५० बिरामीको उपचार भइरहेको नगर अस्पतालमा दाँतको समस्या भएकाहरु पनि धेरै आउने गर्छन् । उनीहरुको सेवाका लागि निभाय नेपालले सहयोग गरेको हो । यो संस्थाले बलेवाका वडा नं १२, १३ र १४ मा विद्यालय तहमा पनि सयौं बालबालिकाको दन्त परीक्षण, निःशुल्क रुपमा दाँत माझ्ने ब्रस र मन्जन वितरण गर्नाका साथै मुख स्वास्थ्यका लागि अभियान चलाइएको छ । मुख स्वास्थ्य परियोजना नै सञ्चालन गरेर स्वास्थ्य क्षेत्रको सुधारमा काम गरिएको कार्यक्रम निर्देशक सरस्वती पुरीले बताउनुभयो ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend