रोल्पा।आगामी बर्ष २०७९र०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सुनिलस्मृती गाउँपालिकामा सम्पन्न भएको छ। स्वास्थ्य शाखा सुनिलस्मृती गाउँपालिकाको आयोजनामा शुक्रबार सुलिचौरमा सम्पन्न भएको हो।
सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिना थापा,स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत डोर बहादुर बस्नेत, सुनिलस्मृती गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा संयोजक मोतिम आलम,स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक फोकलप्रर्सन अरुण भिटु,स्वास्थ्य कार्यालय रोल्पाका माधव रावत र गाउँपालिका भित्रका ८ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत डोर बहादुर बस्नेत र स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक फोकलप्रर्सन अरुण भिटुले गर्नु भएको सुनिलस्मृती गाउँपालिकाले जानकारी दिएको छ। कार्यक्रममा सुनिलस्मृती गाउँपालिका भित्र रहेका ७ वटा स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट १ देखि ७ सम्म घोषणा गरिएको छ।
स्वास्थ्य संस्थाको ३० सुचक गरि जम्मा ९० पूर्णाङ्क र सुनिलस्मृती गाउँपालिकाको सुचक १० पूर्णाङ्क गरि जम्मा १०० पूर्णाङ्क मुल्यांकनको आधारमा उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक फोकलप्रर्सन अरुण भिटुले जानकारी दिनु भएको छ।
जसमा सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रले ८७.९६ लिएर पहिलो भएको छ। गजुल स्वास्थ्य चौकीले ८३.२१ लिएर दोस्रो भएको छ। घोडागाउँ स्वास्थ्य चौकीले ८१.०९ लिएर तेस्रो भएको छ। खुङ्ग्री स्वास्थ्य चौकीले ८०.६२ लिएर चौथो भएको छ। तेवाङ स्वास्थ्य चौकीले ७६.४८ लिएर पाँचौ भएको छ। अरेश स्वास्थ्य चौकीले ६९.२६ लिएर छैटौं भएको छ। आधारभूत स्वास्थ्य सेवा केन्द्र गजुलले ५८.६५ लिएर सातौं भएको छ।
त्यस्तै बिहीबार सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङ्मा सम्पन्न भएको जनाइएको छ। कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक फोकलप्रर्सन अरुण भिटुले गर्नुभएको थियो ।
साथै शुक्रबार गंगादेव गाउँपालिकाको केन्द्र सानडाँडामा पनि सम्पन्न भएको बताइएको छ। कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय रोल्पाका ल्याब फोकलप्रर्सन जीत बहादुर डाँगीले गर्नुभएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ।